कार्तिक २७,
काठमाडौँ : प्रहरीले प्रदेश ३ का सांसद गणेश दुलालको गाडीमा ढुंगा प्रहार गर्नेलाई नियन्त्रणमा लिएको छ । काठमाडौं–६ बौद्ध महांकाल पानीट्यांकीनजिक सडकमा दुलाल सवार बा१९च ४९८ नम्बरको गाडीमा ढुंगा प्रहार गर्ने उदयपुर लामिटारका पासाङ दोर्जे शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शेर्पा हाल काठमाडौं–६ महांकाल बस्दै आएका छन् । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
ढुंगा प्रहरबाट गाडीको आगाडिको सिसा चर्केको प्रहरीले जनाएको छ । बा४४प २७७१ नम्बरको डिस्कभर मोटरसाइकलसहित शेर्पालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।